अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

सद्भाव र ऐक्यवद्दताको उद्देश्य सहित सात प्रदेशमा ‘सप्त रङ्ग’

बिआरटीनेपाल २०७५ पुष २२ गते १०:०७ मा प्रकाशित

गृष्म ब्रोडकाष्टिड. प्रा.लीको आयोजनामा ‘सप्त रङ्ग’ एक पृथक् साङ्गीतिक यात्रा हुने भएको छ। सद्भाव र ऐक्यवद्दताको मुख्य उद्देश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरूको छनोट गरिएको छ ।

माघ १८ गते देखी फागुन २ गते सम्म हुने कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अञ्जलि अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक विष्ट समावेश छन् ।

‘सप्त रङ्ग’ माघ १८ गते दमकबाट सुरु हुनेछ । यसपछि, माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटवल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ । कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नु नपर्ने आयोजकले बताएको छ ।

साङ्गीतिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकीय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताए । यता कार्यक्रममा सहभागी कलाकारहरूले पनि व्यावसायिक भन्दा पनि सद्भाव जोडिएको कार्यक्रम भएकोले सहभागी हुन पाउँदा एकदमै खुसी भएको बताए। 

प्रतिक्रिया