अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

ग्लोबल नेपाली फिल्म अवार्डमा विधान सर्वोत्कृष्ट भिडियो निर्देशक

बिआरटीनेपाल २०७५ पुष २२ गते ९:४२ मा प्रकाशित

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सिको आयोजनामा अमेरिकाको कोलोराडो, डेनभरमा तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली चलचित्र र कला क्षेत्रमा योगदान दिने व्यक्ति हरूलाई सम्मान गर्ने उद्देश्य बोकेको ग्लोबल नेपाली फिल्म अवार्डले यस वर्ष पनि विभिन्न चलचित्रकर्मी, र कलाकर्मीलाई सम्मान स्वरूप अवार्ड प्रदान गरेको छ ।  

हालै सम्पन्न भएको तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ लामो समय देखि नेपाली मिडिया र फिल्म क्षेत्रमा काम गर्दै आएका निर्देशक विधान कार्कीले कन्ट्रीब्युसन अवार्ड तर्फको उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हात पारेका छन् । नेपाली फिल्म, कला क्षेत्र र साङ्गीतिक क्षेत्रमा योगदान दिएको भन्दै निर्देशक कार्कीलाई अवार्ड प्रदान गरिएको हो । निर्देशक कार्की अमेरिकामा आफ्नो फिल्म मेकिङ्ग अध्ययन पुरा गरी नेपाल फर्किएका हुन् र उनी यति बेला नेप्सिने नामक मिडिया र मनोरञ्जन कम्पनी सञ्चालन गर्दैछन।

प्रतिक्रिया