अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 13:39

जर्मनीमा साइबर हमला, सेक्युरिटी अथोरिटी बचाउमा जुट्यो

बिआरटीनेपाल २०७५ पुष २२ गते ७:५६ मा प्रकाशित

जर्मनीको साइबर सेक्युरिटी अथोरिटीले आफ्नो देशमा भएको साइबर हमलाका विषयमा आफ्नो बचाउ गरेको छ । साइबर हमलामा जर्मनीका सयौं नेताको निजी जानकारी सार्वजनिक भएको थियो ।

घटनाको चौतर्फी आलोचना भएपछि सेक्युरिटी अटोरिटीले यसबारे आफूलाई पूर्वजानकारी नभएको भन्दै बचाउ गरेको हो । यद्यपी विश्लेषकहरुले भने साइबर हमला हुनेबारे पहिले नै जानकारी पाए पनि सेक्युरिटी अथोरिटीले प्रहरीलाई जानकारी नगराएको भन्दै ब्यापक आलोचना गरेका छन् ।

जर्मनीमा हालै भएको साईबर हमलामा जर्मन चान्सलर एन्जेला मर्केलसहित सयौं नेता, पत्रकार तथा कार्यकर्ताको निजी जानकारी इन्टरनेटमार्फत् सार्वजनिक भएको थियो । गत डिसेम्बरमै भएको साइबर हमलाबारे जर्मनीले शुक्रबार मात्रै जानकारी पाएको थियो । साइबर हमलाका पछाडि कसको हात छ भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू