अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

आपराधिक घटना बढेपछि ब्राजिलको सियरा राज्यमा सेना परिचालन

बिआरटीनेपाल २०७५ पुष २२ गते ७:५५ मा प्रकाशित

ब्राजिलको सियरा राज्यमा बढ्दै गएको आपराधिक गतिविधी नियन्त्रणका लागि सेना परिचालन गरिएको छ । सियरा राज्यमा रहेका पसल र बैंकमा लुटपाट हुन थालेपछि स्थिति नियन्त्रणमा लिन ३ सय सेना परिचालन गरिएको हो ।

स्थानीय कारागारमा केही आपराधिक समूहले कारागार नियन्त्रणमा लिई हिंसा चर्काउनुका साथै कारागारमा रहेका अन्य कैदीमाथि कुटपिटसमेत गरेको बताइएको छ । स्थिति नियन्त्रणमा लिन ब्राजिल सरकारले कारागारभित्र मोबाइल फोनमा प्रतिबन्ध लगाउनका साथै आपराधिक गतिविधिमा संलग्नहरुलाई छुट्टै राख्ने निर्णय गरेपछि त्यसको विरोधमा आपराधिक समूहले सिएरा राज्यमा लुटपाट मच्चाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू