अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

बम डिस्पोज गर्ने क्रममा सुरक्षाकर्मीको मृत्यु

बिआरटीनेपाल २०७५ पुष २२ गते ७:५२ मा प्रकाशित

इजिप्टमा बम डिस्पोज गर्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । इजिप्टको नसर शहरमा रहेको एक चर्चको छानामा राखिएको बम निष्क्रिय पार्ने क्रममा उनको मृत्यु भएको हो ।

बम निष्क्रिय पार्नमा निकै पोख्त मानिएका मुस्तफा अविद आफ्ना सहकर्मीहरुको सहयोगमा काम गरिरहेका बेला अचानक बम विस्फोट हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य तीन सुरक्षाकर्मी घाइते भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू