अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी

बिआरटीनेपाल २०७५ पुष २२ गते ७:५० मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त हुनुभएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । अधिकारी टेलिकममै प्रबन्धक पदमा कार्यरत हुनुहुन्छ ।
साउन २९ गते सरकारले कामिनीराज भण्डारीलाई बर्खास्त गरेपछि उक्त पद खाली थियो ।

पाँच महिनादेखि रिक्त प्रबन्ध निर्देशक पदपूर्तिका लागि ३ जनालाई सिफारिस गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वको समितिले टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य, टेलिकमका कर्मचारी डिल्ली अधिकारी र संगीता पहाडीको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू