अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

अरबौंको भ्रष्टाचार हुँदा पनि सरकारले नियन्त्रण गर्न सकेन – डा. भट्टराई

बिआरटीनेपाल २०७५ पुष २२ गते ७:४९ मा प्रकाशित

नयाँ शक्ति पार्टी नेपालले सरकारले मुलुकमा अरबौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेजस्तो मुलुकमा सुशासन कायम हुन नसकेको बताउनुभएको हो ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले वाइडबडी विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत आयोजनामा अरबौं अरब भ्रष्टाचार हुनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै त्यसबारे आफ्नो पार्टीले संघीय संसदमा गम्भिर ढंगले कुरा उठाउने जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि नसकेको भन्दै सरकारको आलोचना पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू