अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

दुई तिहाइको सरकारमा अभिमान जाग्यो भने प्राप्त अवसर हातबाट फुत्किन सक्छ – प्रचण्ड

बिआरटीनेपाल २०७५ पुष २२ गते ७:४७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ बहुमतको सरकारमा अभिमान जाग्यो र आफ्ना नैतिक कमजोरी देख्न छोडयो भने हेर्दा हेर्दै प्राप्त अवसर हातबाट फुत्किन सक्ने बताउनुभएको छ । लोक अभियान नामक पाक्षिक पत्रिकाको आइतबार बुटवलमा बिमोचन गर्दे अध्यक्ष प्रचण्डले अहिले आफूहरुका अगाडि अवसर र चुनौती दुवै रहेकाले नैतिक कमीकमजोरी केलाउँदै आत्मआलोचना गरेर अगाडि बढनुपर्ने खाँचो औल्याउनुभयो ।

दुई तिहाइको कम्युनिस्ट सरकारले जनतालाई परिणाममुखी समृद्धि दिनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले विश्व समुदायले पनि नेपालमा जनतालाई परिणाममुखी समृद्धि दिएर कम्युनिस्ट आन्दोलनको नयाँ लहर सृजना होला या पानीको फोका जस्तै झुल्केर अस्ताउला भनेर हेरिरहेको उल्लेख गर्नुभयो । राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, विकास र समृद्धि तथा समाजबाद जस्ता ऐतिहासिक उद्देश्यमा एकीकृत भएर अगाडि नबढे त्यसबाट उत्पन्न परिस्थिती दुर्भाग्यपूर्ण हुने उहाँको ठहर थियो । हिजोका शासकहरु गुमेको शक्ति पुनर्स्थापित गर्ने कसरतमा रहेको भन्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरुबीच एकता आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू