अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

ट्रम्पले भनेः पर्खाललाई असहयोग गर्ने ‘अपराधी’

बिआरटीनेपाल २०७५ पुष २१ गते २१:३२ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षाका लागि बनाइने भनिएको पर्खाललाई प्रति समर्थनको बाढी रहेको पुनः दाबी गरेका छन् । उनी शनिबार ट्वीट गर्दै भनेका छन्,– पर्खाल लागु औषध कारोबार गर्ने, मानव बेचबिखन गर्ने र अपराधीबाहेक सबैले चाहेको उद्घोष गरेका छन् ।


धेरैजसो अमेरिकी पर्खालको समर्थनमा छन् भन्ने मतदानबाट पुष्टि भने भएको छैन ।

कुनिपियाक विश्वविद्यालयले गत डिसेम्बरमा गरेको सर्वेक्षणले ५४ प्रतिशत अमेरिकी पर्खालको विपक्षमा रहेको देखाएको थियो । त्यहि महिना हाभार्ड सिएपिएस÷ह्यारिस सर्वेक्षणले ५६ प्रतिशत अमेरिकीले पर्खालको समर्थन नगरेको देखाएको थियो ।

रोयटर्स÷इप्सोस सर्वेक्षणले ३५ प्रतिशत अमेरिकी मात्र पर्खालको पक्षमा रहेको देखाएको थियो ।अपराधीबाहेकले पर्खालको समर्थन गर्ने भन्ने ट्रम्पको ट्वीटले ट्वीटरमा कडा आलोचनाको सामना गरिहेको छ । आलोचना यस्ता छन्ः

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू