अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

राजतन्त्र फर्किने खतरा छः नेता केसी

बिआरटीनेपाल २०७५ पुष २१ गते २०:३४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्रबहादुर केसीले राजतन्त्र फर्कन सक्ने खतरा रहेको बताएका छन् । मुलुक सङ्घियताकै कारण अफ्ठ्यारोमा पुगेको उल्लेख गर्दै उनले देशप्रति इमान्दार भएर संघीयता खारेज गर्नुपर्ने बताए । संघीयता खारेज नगर्ने हो भने मुलुक नै खारेज हुने उनको दाबी छ ।देशका विभिन्न ठाउँ पुग्दा जनताले राष्ट्रिय जनमोर्चा नेपाल र यो पार्टीप्रति ब्यक्त गरेको बिस्वासले आफूलाई सुखानुभुती भएको भए पनि जनता ले निर्बाचनका बेला गर्ने गरेको गल्तीले मुलुक जोखिममा परेको कुरा पनि मनन गर्नु पर्ने उनले बताए । मुलुक अफ्ठ्यारो मा पर्नुको दोष नेतालाई मात्र दिनु जनताको पनि सरासर गल्ति भएको उनले उल्लेख गरे ।

नेकपा ,काङ्ग्रेस लगायतका ठुला दलाललाई बिस्वास गरि मतदान गरेका जनतालाई आज पछुतो भएको भए पनि मुलुकका सामु पछुताउनु भन्दा अर्को कुनै उपाय नभएको उनको भनाइ छ । जनमोर्चा नेपाललाई संसद भित्र कमजोर बनाउनु जनताको ठूलो गल्ती भएको उल्लेख गर्दै जनताले आगामी दिनमा गल्ती सच्याउने कुरामा बिस्वास समेत व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू