अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

डिपिएलका सर्वाधिक ६ मंहगा खेलाडी

बिआरटीनेपाल २०७५ पुष २१ गते ८:४३ मा प्रकाशित

धनगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको खेलाडी बोलकबोल (अक्सन) मा ६ खेलाडीमा सर्वा्धिक मुल्य लागेको छ । रुपेन्देही च्यालेन्जर्सले ललितसिंह भण्डारी र विनोद भण्डारीलाई सर्बा्धिक २ लाख ५० हजार मुल्य हालेको छ । यस्तै आरिफ सेखलाई महेन्द्रनगर यूनाइटेडले, ललितनारायण राजवंशीलाई काठमाडौं किग्सले, पवन सर्राफलाई धनगढी स्टार्सले र भीम सार्कीलाई गोलाप्रथाबाट रुपेन्देहीले २ लाख ५० हजार रुपैयाँमा बाजी मारेका हुन् ।

यी बाहेक प्रदीप ऐरीलाई रुपेन्देहीले नै २ लाख ४० हजार हालेको छ। सन्दीप जोरालाई सिवासी अत्तरियाले २ लाख ३० हजारमा अनुबन्ध गरेको छ। माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्सले २ सय ५ खेलाडीमा बोली लगाउदैछन् ।

धनगढी स्टार्सका रणनीतिक खेलाडी सोमपाल कामी हुन्। विराटनगर किंग्सका करण केसी, महेन्द्रनगर यूनाइटेडका सरद भेषवाकर, सिवासी अत्तरियाका दिेपन्द्र सिंह ऐरी, काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल तथा रुपन्देही च्यालेन्जर्सका बसन्त रेग्मी रणनीतिक खेलाडी हुन्।

प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्। टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू