अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

क्यालिफोर्नियामा गोली चल्यो, ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ पुष २१ गते ८:४० मा प्रकाशित

अमेरिकाको लस एन्जल्स नजिकै गोली चल्दा ३ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन्।क्यालिफोर्निया प्रहरी कार्यालयका अधिकृत रोनाल्ड ह्यारिसले ग्याबल हाउस बाउलमा स्थानीय समय अनुसार शुक्रबार राति करिब १२ बजे गोली चलेको प्रहरीले बताएको छ ।

मृत्यु हुने तथा घाइते हुने सबै पुरुष रहेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । टोरेन्स प्रहरी विभागले ट्वीट गर्दैै स्थानीयवासीलाई बाहिर ननिस्कन आग्रह गरेको छ । लस एन्जलसको मुख्य सहरी भागबाट घटनास्थल टोरेन्स करिब ३२ किलोमिटरको दूरीमा रहेको छ ।अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा गोलीकाण्डमा परेर सन् २०१७ मा मात्र सयौं व्यक्तिले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू