अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

नेपालमा अझैपनि गुणस्तरीय स्वास्थ्य सेवाको अभाव – पूर्वराष्ट्रपति

बिआरटीनेपाल २०७५ पुष २१ गते ८:२७ मा प्रकाशित

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा अझैपनि गुणस्तरीय स्वास्थ्य सेवाको अभाव रहेको बताउनुभएको छ । बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटडको ११ औं वार्षिकोत्सवको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले ग्रामीण क्षेत्रमा आर्थिक अभाव भएका जनता गुणस्तरीय स्वास्थ्य सेवावाट बन्चित रहेकाले यसतर्फ सम्बन्धित पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वराष्ट्रपति डा. यादवले सरकारी र गैरसरकारीलगायत सबै क्षेत्र मिलेरै स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नसकिने विश्वास व्यक्त गर्नुभयो । यसैवीच, पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने बताउनुभएको छ ।
बीपी स्मृति सामुदायिक अस्पतालको ११ औं बार्षिक साधारणसभामा सहभागी यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गर्नुभएको हो । सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने सोच बनाएको यादवको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू