अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

वाइडवडी प्रकरणमा उपसमितिको प्रतिवेदन बदनियतपूर्ण – रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ पुष २१ गते ८:२१ मा प्रकाशित

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिले बदनियतपूर्ण प्रतिवेदन बनाएको आरोप लगाउनुभएको छ । उपसमितिले तयार गरेको प्रतिवेदन लेखा समितिमा नबुझाई सार्वजनिक गर्नु वदनियतपूर्ण भएको उहाको भनाई थियो । उपसमितिको प्रतिवेदन बदनियतपूर्ण रहेकै कारण जहाज खरिद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो ।

‘उपसमितिको प्रतिवेदन बदनियतपूर्ण देखियो । त्यसैले सरकारले उच्च स्तरीय समिति गठन गरेको छ, उहाँले भन्नुभयो, “अव समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही अघि बढ्छ ।”

नेपाल प्रेस संगठन कास्की शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले निर्मलाका हत्यारालाई पक्राउ गरिछाड्ने बचन दिनुभयो । रेशम चौधरीको शपथ ग्रहणका बारेमा बोल्दै उहाँले जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगको प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर सांसदको सपथ ग्रहण गराइएको उल्लेख गर्नुभयो । जनताको मतबाट निर्वाचित भएको ब्यक्तिलाई निर्वाचन आयोगले जितेको प्रमाणपत्र दिनु गलत नभएको उहाँको भनाई थियो ।

पार्टी एकताका लागि गठित कार्य दलले पुस मसान्त सम्ममा प्रतिवेदन सचिवालयमा बुझाएपछि पार्टी एकताले रुप लिने पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू