अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

फ्लोरिडाको सवारी दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु

बिआरटीनेपाल २०७५ पुष २० गते ८:४९ मा प्रकाशित

संयुक्तराज्य अमेरिकाको फ्लोरिडाको राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्यांकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। सात जना घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।

उनीहरूमध्ये केही गम्भीर रहेका अमेरिकाबाट सञ्जालित फ्लोरिडा टुडेले जनाएको छ। मृतक सबै एकै परिवारका रहेका जनाइएको छ। टक्करपछि ट्यांकरले बोकेको ५० ग्यालिन इन्धन सडकमा पोखिएको थियो। उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगोसमेत लागेको थियो। उद्धारकर्मीले अहिले आगो नियन्त्रणमा ल्याएका छन्।

आगलागीका कारण सडकमा समेत क्षति पुगेको छ। फ्लोरिडा राजमार्ग अनुगमन कार्यालयका प्रवक्ता प्याट्रिक रिओरडानले आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको बताएका छन्। दुर्घटनामा एक परिवारका सबै सदस्य मारिएको भन्दै प्रवक्ता रिओरडानले उनीहरू सवारीसाधन जुधेर मारिएका हुन् वा आगोले डढेका हुन् भन्ने अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू