अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

‘युग बदलियो, लगानीका बाटा खुले’– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ पुष २० गते ८:३८ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले सरकार सुशासन र तीव्र विकासमा अगाडि बढिरहेकोले यातायात, कृषि, शिक्षा र पर्यटन क्षेत्रमा लगानीका सम्भावना बढेको बताउनु भएको छ । इलाममा आयोजित इलाम लगानी प्रवद्र्धन सम्मेलन–२०७५ को उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले युग बदलिएसँगै लगानीका प्रचुर सम्भावना बढेको औँल्याउनुभयो । उहाँले उत्पादन र पर्यटनको दूरगामी सम्भावना बोकेको इलाममा लगानी गर्न उद्यमीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले नगदे बालीमा स्थापित भइसकेको इलाममा निजी क्षेत्रको लगानीमा बढावा दिइने बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासमा महत्वपुर्ण योगदान पुर्याएकोमा प्रधानमन्त्री ओलीलाई अभिनन्दन समेत गरिएको थियो ।

कार्यक्रममा इलाम नगर प्रमुख महेश बस्नेतले प्रधानमन्त्री ओलीलाई सम्मान पत्र प्रदान गदेै सुखी नेपाली समृद्ध नेपालको अवधारणामा अगाडि बढेकोप्रति सहारना व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीलाई नगरमा आफूहरुले विकासका हरेक पक्षमा साझेदारसँग मिलेर काम गरिरहेको बस्नेतले सुनाउनुभयो । कार्यक्रममा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र इलाम जिल्लाका प्रदेश सांसदहरुको उपस्थिति थियो । नेपाली कांग्रेस इलामले भने अभिनन्दनको बहिस्कार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू