अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जना सिफारिस

बिआरटीनेपाल २०७५ पुष २० गते ५:०२ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम मन्त्रीपरिषद्मामा सिफारिस गरेको छ । सूचना , प्रविधि एवं संचार सचिव महेन्द्र गुरुङको नेतृत्वमा गठित छनोट समितिले संगिता पहाडी, डिल्ली अधिकारी र बृद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो ।

प्रबन्धनिर्देशकका लागि ११ जनाले आवेदन दिएका थिए । ती मध्ये ८ जनाले भावी कार्ययोजना सहितको प्रस्तुतीकरण दिएका थिए । सोही आधारमा छनोट समितिले उनीहरुको नाम सिफारिस गरेको हो ।

पहाडी विगत २६ वर्ष देखि र अधिकारी १६ वर्ष देखि नेपाल टेलिकममा कार्यरत छन् । त्यस्तै आचार्य पूर्व प्रबन्ध निर्देशक हुन । तीन जनाबाट अव बस्ने मन्त्रीपरिषद्ले एक जनालाई नियुक्त गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू