अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

पाँच वर्षपछि न्युह्याम्पश्यारमा सिर्जना उत्सव

बिआरटीनेपाल २०७५ पुष १९ गते १९:४० मा प्रकाशित

बोस्टन, “निरन्तर साहित्य सिर्जना, सर्जकहरूको चाहना भन्ने सन्देशसहित अमेरिकाको बोस्टनमा सुरु भएको ”सिर्जना उत्सव”ले छैटौँ वर्षमा प्रवेश गरेको छ | नयाँ सिर्जनालाई सुनाउने कार्यक्रमका रूपमा सुरु भएको यो कार्यक्रमले ३९ औ शृङ्खला पूरा गरेको छ भने चालीसौ शृङ्खला जनवरीको अन्तिम सातामा बोस्टनमा हुने भएको छ |
यसपटकको शृङ्खला बोस्टनको छिमेकी राज्य न्युह्याम्पश्यारमा गरिएको थियो | यसअघि पाँच वर्ष पूर्व पनि उक्त राज्यमा सिर्जना उत्सव गरी अग्नि पराजुलीको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्पश्यार च्याप्टर गठन गरिएको थियो | यसपटकको कार्यक्रमको संयोजन गरेका अग्नि पराजुलीद्वारा रचित राष्ट्रिय गीतहरूको सिडी मेची-कालीको विमोचन पनि गरिएको उक्त कार्यक्रममा दुई दर्जन कविहरूले सिर्जना वाचन गरेका छन् |

कार्यक्रममा अनु शाह ,लव अधिकारी, पुष्पा ओझा, ममता कर्माचार्य, गोवर्द्धन पूजा, दीपा राई पुन, महेश्वर पन्त, सुशील नेपाल, यम पौडेल, कृष्ण गिरी, हरिमाया अधिकारी, सुमन नेपाल, अमिर पराजुली, आरजु पराजुली, आकाश ओझा, कमल ढुङ्गाना, अग्नि पराजुली लगायतले गीत गज़ल, कविता र भावना व्यक्त गरेका थिए |

कवि दीपा राई पुनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विमोचित सिडीका बारेमा महेश्वर पन्तले टिप्पणी गरे | भने अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे र अनेसास न्युह्याम्पश्यार च्याप्टरका सम्पादक ईश्वरी भट्टले टेलिफोन मार्फत शुभकामना मन्तव्य र सिर्जना वाचन गरेका थिए | आगामी कार्यक्रम दीपा राई पुनको संयोजन र धिरज पुनको प्रयोजनमा बोस्टनको एभेरेटमा हुने भएको छ | 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू