अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

एनआरएनएको सदस्यता बनाउन देखिएका समस्या र समाधानको माग

ईश्वरी भट्ट २०७५ पुष १९ गते ११:४७ मा प्रकाशित

नेपाल भन्दा बाहिर बसेका नेपालीहरू एन आर एन मा गोल बन्द हुनु पर्दछ भनेर नेपाली डायेस्पोराका अभियन्ताहरूले भनी रहेका छन्। सबैले स्विकारेको र नेपाल सरकारले समेत बाहिर बस्ने नेपालीहरूको साझा संस्थाको रूपमा मान्यता दिएको संस्था एन आर एन को कुनै पनि अस्पस्ट नीति र नियमले हजारौँ हजार नेपाल बाहिर रहेका नेपालीहरूको भावनामा चोट पुर्‍याउँछ। तीर्थयात्रै होइन एन आर एन ए को अभियानमा रहेका स्थानीय तथा क्षेत्रीय स्तरका नेताहरू समेत स्पष्ट नीतिको अभावले समस्यामा परेको अवस्था छ।

यति खेर एन आर एन ए को सदस्यता बनाउने वेला भएको छ। चुनाव सम्बन्धी गतिविधिहरू सामाजिक सञ्जालमा छाई सकेका छन्। अमेरिका लगायत विभिन्न देशहरूका एन आर एन ए का पदाधिकारीहरूको हुने भनेर नेपाली समुदाय बिच छलफलका विषय बनी सकेका छन् ।सदस्यता बन्ने अवधि फेब्रूबरी १५ , २०१९ सम्म तोकीइ सकेको छ। अमेरिका एन आर एन ए ले दुई वर्ष अगाडी सदस्यता सम्बन्धी गरेको निर्णय अनुसार बनेका सदस्यहरूको आई डी कार्डहरू अझै प्राप्त नभएको कुरा अमेरिकाका विभिन्न च्याप्टर पर्तीनिधीहरुले बताएका छन्। न्यूह्यामसायरले एन आर एन एको भर्खरै भएको नियमित बैठकमा समेत दुई वर्ष पहिले लिएका लाइफ मेम्बर र साधारण सदस्यहरूको आइडी कार्ड प्राप्त नभएको कुरा जोडदार रूपमा उठेको थियो र एन आर एन अमेरिकाको न्युयोर्कमा हुन् लागेको फिजिकल बैठकमा यो विषयलाई प्रस्ट रूपमा उठाउने निर्णय नै गरेको छ ।

दुई वर्ष पहिले म आफै न्यूह्यामसायर एन आर एन को अध्यक्षको हैसियतले आफ्नो क्षेत्रमा एन आर एन ए अमेरिकाको निर्णय मुताबिक आजीवन सदस्य बन्न विशेष प्रोत्साहन गरेको थिएँ। सो अनुसार उल्ख्यय रूपमा सदस्यता लिइएको अवस्था थियो। तर आजीवन सदस्यता शुल्क तिरी सके पछि केन्द्रबाट आजीवन सदस्यताको आई डी कार्ड कहिल्यै प्राप्त भएन। शुल्क तिरे पनि आजीवन सदस्य भइयो की भइएन भन्ने प्रश्नको उत्तर पाइएन। एन आर एन को सदस्य प्रत्येक दुई वर्षमा लिई राख्नु नपर्ने जस्ता कुराहरूको विश्वासमा लिइएका सदस्यहरूको जिम्मा अब कसले लिने यो एउटा विशाल प्रश्नको रूपमा अमेरिकाको एन आर एन ए को अगाडी उभिएको छ। एन आर एन अमेरिका यसको जिम्मेवार हुनै पर्दछ अथवा एन आर एन ए अमेरिकाले एन आर एन ए आइ सी सी सँग समन्वय गरेर यसको समाधान निकाल्नै पर्दछ। यस्तै अवस्था रहने हो भने अमेरिका भारी रहेका एन आर एन ए भनी राख्नु नपर्ने अवस्थाको सृजना गराइनु पर्‍यो । सबैको जिम्मेवारी हुँदा हुँदै पनि जिम्मेवारीमा रहेका पदाधिकारीहरूको गतिविधिले संस्थाको अस्तित्व प्रति प्रश्न उठाउने वातावरण सृजना हुने छ। मैले प्रतक्ष्य अनुभव गरेको छु अहिले जब सदस्यता बन्न अनुरोध गर्दछु पहिले बनेको सद्श्यताको आई डी, पहिले लिएको आजीवन सद्दश्यता को बारेमा प्रश्नहरू राखिएका छन्। म आफै अनुत्तरीत छु। यो वातावरणको अन्त संधैको निम्ति हुनु पर्‍यो ।

अहिले ज्वलन्त रूपमा देखिएको प्रश्न छ कतै मानसिक कमजोरीले गर्दा प्राविधिक कमजोरीहरू त बढेका छैनन्?थोरै रकम भए पनि अर्थ हीन भयो भने ठुलै समस्या सृजना हुन् सक्ने रहेछ। संसारको सबै भन्दा विकसित देशमा बसेका हामीले समेत सुध्रनै नसक्ने प्रतिनिधि छानेका रहेंछौं भनेर आत्म गलानी हुने अवस्था आएको छ। हामीमा सुधार ऑउन सकेन, उतैको आदत, बानी ब्यहोरा , सिल सोभाव हुने हो भने अब विदेशमा रहेर नेपाली समुदाएको एक मात्र भन्ने गरिएको संस्थाको मूल्य र मान्यता प्रति समेत आघात हुने छ। समयमै हामी सबैले मनन गरौँ।

यो संस्थाको सदस्य बन्न देशबाट विदेश पसेको २०० दिन पछि पाइन्छ भन्ने छ। संस्थामा लागेर मित्रता, भाइचारा बढ्छ भन्ने सोचाई छ धेरै सदस्यहरूको।तर परिस्थिति फरक छ। चिन्दै नचिनेको मान्छे चिने पछि शत्रु पो हुने पद्धतिको विकास भएको पाइयो यहाँ त । हार स्वीकार गर्ने पद्धति पनि बसेन यहॉ । अदालत जाने पद्धतिले इतिहॉस कायम गर्ने भो यहॉ। भोट हाल्नु र गन्नु पहिला नै विजय निश्चित हुने पद्धति बस्यो यहॉ। अव सुधारौँ। फ्रडमा नजॉउ।

यो संस्था सबैको साझा हो र यसकै माध्यमले प्रदेशमा रहनु भएकाले मान्छेहरूलाई एउटा पद्धतिमा गएर सघाउन सकिन्छ। देशमा पनि यसको माध्यमले केही गर्न सकिन्छ भनेर यसमा लागियो। अरू साथीभाइहरूलाई समेत लाग्न सन् २००८ देखि दिलो ज्यान दिइयो। अहिले ऑफैले बनाएका सदस्यहरूबाट माथिका सवालहरू ऑउन थाले पछि के गर्ने होला पो भई रहेछ। थप सदस्यता बनाउन प्रेरणा र उत्साह कसरी आउने ? म ऑफै पनि अचम्मित छु। म ऑफै संस्थापक च्याप्टर अध्यक्ष भएर पनि इमेल ऑउदैन र इमेलको आइडी समेत इन भ्यालिड छ । सायद आजीवन सदस्य भएको हो भन्दैमा चुनावमा अव भोट हाल्न नपाइने अवस्था छ । यो राज्यको दोस्रो आजीवन सदस्य बन्ने नेतृत्व दाइ भूमिका खेलेको अर्थात् अग्र पंतिको कार्यकर्ताको त यो चिन्ता छ भने सर्व साधारण सदस्यको त झन् कुरै भएन। बनेर आएका परिचय पत्रहरू आधा नामका मात्र छन्। हामी एन केन प्रकारेण केन्द्रीय पद सम्हालेका पदाधिकारीहरूकोमा पनि यस्तै समस्या छ भन्ने बुझिन्छ। ऑफैले ऑफ्ना यस्ता सवालहरूको समाधान गर्न सक्दैनौ भने के हाम्रो फेरी उम्मेदवार बन्ने र भोट माग्ने अधिकार रहन्छ?

समयमै यी समस्याहरूको निराकरण गर्न सकिएन भने यसले विकराल रूप लिन सक्ने छ। न्युयोर्कमा हुन लागेको एन आर एन अमेरिकाको आउँदो फिजिकल मिटिङले यी समस्याहरूको समाधान गरोस् हाम्रो शुभकामना यही छ।

______________
* न्यूह्यामसायर अमेरिका

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू