अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

जनताको अभिमतको सम्मान भयो – राजपा नेपाल

बिआरटीनेपाल २०७५ पुष १९ गते ८:३४ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजन्द्र महतोले रेशम चौधरीलाई सपथग्रहण गराएर सरकारले जनताको अभिमतको सम्मान गरेको प्रतिक्रिया दिनुभएको छ । विहिबार सिंहदरबारस्थित संसद सचिवालयमा रेशम चौधरीको सपथग्रहण पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले लोकतन्त्रमा जनताको अभिमतको सम्मान गर्ने काम भएको बताउनुभयो ।

चौधरीलाई निर्वाचनको १३ महिना पुगिसक्दा पनि सपथ नगराएर लोकतन्त्रलाई धब्बा लगाउने र जनताको अभिमतलाई इन्कार गर्ने काम भएकोमा सरकारले ढिलै भएपनि जनमतको कदर गर्ने काम गरेकाले सपथलाई राम्रो सुरुवातको रुपमा आफूहरुले लिएको महतोको प्रतिक्रिया थियो ।

महतोले संविधान संशोधन, बन्दी रिहाई, मुद्दा फिर्ता लगायत आफुहरुले उठाएको मागमा सरकार सकारात्मक देखिएको र भविष्यमा आफ्ना मागहरु सम्बोधन हुदै जाने विश्वासका साथ सपथलाई लिएको बताउनुभयो । रेशम चौधरीलाई अदालतले पनि न्याय गर्छ भन्नेमा आफु विश्वस्त रहेको उल्लेख गर्दै उहाँले राजनीतिक मुद्दालाई राजनीतिक रुपमै सम्बोधन गरिनुपर्ने तर्क पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू