अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

२०७५ मा काटिएका बिदा २०७६ मा पुर्नस्थापित

बिआरटीनेपाल २०७५ पुष १९ गते ८:३२ मा प्रकाशित

सरकारले २०७६ सालका लागि १२ दिन सार्वजनिक बिदा थप गर्ने भएको छ । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव सरकार सक्षम पेस गरेको छ ।

सार्वजनिक बिदा पुनरावलोकन गर्न बनेको कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी सदस्य हुनुहुन्थ्यो ।

कार्यदलले किराँत चाड उभौली (बु्द्ध पूर्णिमा ) र उधौलीका लागि २, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३, क्रिसमसमा १, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा ३, छठ पर्वमा १, ऋषि पञ्चमी (महिलालाई मात्रै) १, मात्री पर्वमा १ र जनै पूर्णमामा १ दिन गरी १२ दिन थप गर्न प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू