अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

एयरबस प्रकरणमा प्रधानमन्त्रीः रौँ–चिरा केलाइन्छ, पहरो गर्जिए गर्जियोस्

बिआरटीनेपाल २०७५ पुष १८ गते १८:५३ मा प्रकाशित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबीन गर्ने निष्कर्षमा पुगेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबीन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

‘मन्त्रिपरिषद्का सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नलिने त प्रश्नै भएन । त्यसैले सरकारले अब वाइडबडी प्रकरणको रौँ–चिरा केलाएर छानबिन गर्छ । कहाँबाट सुरु भयो जिन (वंशानुगत) पत्ता लगाएर सम्पूर्ण कुरा बाहिर आउने गरी छानबीन हुन्छ ।’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सल्लाहकारले नयाँ पत्रिकासँग भने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू