अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितिको प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७५ पुष १८ गते १०:४७ मा प्रकाशित

यही डिसेम्बर २९, २०१८ शनिवारका दिन डिसी महानगर क्षेत्रको भर्जिनिया फेयरफ्याक्सको Chantilly Regional Library मा सामुदायिक भवन निर्माण गर्नको लागि महापुराण सप्ताह लगाई फन्डरेजिङ गर्ने बारे बसेको बैठकमा पेस गरिएको कार्य पत्र माथि उपस्थित समाजसेवीहरू बिच छलफल तथा बिचार विमर्श आदान प्रदान भएको छ । सो भेलाले सामुदायिक भवन निर्माण गर्न महापुराणको आयोजना गर्ने र महापुराण लगाउनको लागि यस क्षेत्रका सबै परिवारलाई समेटी हरेक परिवारको प्रतिनिधिलाई पुराणको आयोजक बनाई मूल समारोह समिति तथा उपसमितिहरूको निर्माण गर्ने निर्णय गरेको छ ।

सो भेलामा उपस्थित भएका सबै ६२ जना सामुदायिक अभियन्ताहरू मूल समारोह समितिका सदस्य रहने सहमति तथा निर्णय भएको छ भने सो क्षेत्रका वाकी सबै परिवार तथा व्यक्तिलाई आयोजक समितिको सदस्यमा समावेश गरी महापुराण कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरी सामुदायिक भवनको पूर्वाधार तैयार पार्ने कार्यमा एकजुट हुन आह्वान गर्ने निर्णय समेत सो भेलाले पारित गरेको छ। सो भेला भन्दा अगाडि र भेला पछाडि विभिन्न महानुभावहरूले मूल समितिमा संलग्न गराउन आग्रह गरे अनुसार संलग्न नामावलीमा उल्लेख हुनु भएका महापुराण मूल समितिको हाल सम्मको सदस्य सङ्ख्या १०५ रहेको सहर्ष जानकारी गराउदछाै । यस क्षेत्रका सम्पूर्ण परिवारहरूलाई समारोह समितिको मूल आयोजक समिति र उप समितिहरू को सदस्य बनी महापुराण सम्पन्न गर्ने पूनीत कार्यमा सहभागी भई सामुदायिक भवन निर्माण अभियानमा होस्टेमा हैँसे गर्नको लागि पुराण आयोजक समितिको तल दिइएको इमेल मार्फत आफ्नो नाम नम्बर पठाई सहयोग गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौ ।

हाम्रो महामन्त्र:
सबै उठौँ सबै जुटौँ,
यो अभियानमा कोही पनि नछुटौ

यो लिस्टलाई तपाईँहरूको रेस्पन्सको आधारमा हामी अध्यावधिक बनाउँदै लानेछौ र हरेक २ हप्तामा जानकारी गराउँदै जानेछौ, हाम्रो आशा छ कि यस अभियानमा हामी कोही पनि छुट्ने छैनौ ।
डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समिति
Email: dcmetrosaptaha2019@gmail.com
सम्पर्क फोन : 571-438-5499

प्रतिक्रिया