अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

राजेश र कमलसँगै झुमे हजारौँ दर्शक

बिआरटीनेपाल २०७५ पुष १८ गते १०:१५ मा प्रकाशित

नेपालको चर्चित गायकको प्रस्तुति माझ नेपालगन्जले २०१९ लाई स्वागत गरेको छ । नेपालगन्ज म्युजिक फेस्टिभलमा नेपालका चर्चित गायक राजेश पायल राई, कमल खत्रीलगायत आधा दर्जन गायकले आफ्नो प्रस्तुति राखेका थिए । सोमबार राती नमस्ते रिसोर्टमा म्युजिक फेस्टिभल आयोजना भयो । मध्य पुसको सो राति भिडभाड बढ्दै थियो । सोही बेला गायक राजेश पायल राईले प्रस्तुति दिँदा त्यहाँको वातावरण एकाएक चिसोबाट तातियो । सबै जना राजेशसँगै तालमा ताल मिलाएर गाउन थाले ।

राजेश पनि दर्शकहरूसँगै हौँसिदै गाउन थाले । उनले दर्शन नमस्ते लगायतका गीतहरू गाए । दर्शकको उत्साह बढ्यो । उनको मन मानेन । उनले उक्त गीत चार पटक सम्म गाए । उक्त कार्यक्रममा राजेशसँगै कमल खत्रीको साथै नेपाल आइडल १ का सुजाता पाण्डे र सुरज थापाले पनि प्रस्तुति दिए । हास्यव्यङ्ग्यका कलाकार सन्दीप क्षेत्रीले कार्यक्रममा दर्शकहरूलाई हँसाए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले सञ्चालन गरेका थिए । राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारले पनि फेस्टिभलमा आफ्नो प्रस्तुति राखेका थिए । आवाज डी ब्याण्ड, छमछमी सिजन ३ का सेकेन्ड रनर अप शेखर घर्ती मगर, श्रृष्टि शाही, सुस्मिता शाही लगायतले नृत्य प्रस्तुत गरेका थिए । फेस्टिभलमा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, ४ नम्बर बाहिनी प्रमुख नीरज पौडेल, जिल्ला प्रहरी प्रमुख अरुण पौडेल लगगायतका उपस्थिति थियो । उक्त फेस्टिभल बलामी फिल्म इन्टरटेन्टमेन्टले आयोजना गरेको हो । कार्यक्रममा हजारौँ दर्शकहरूको भिड लागेको थियो ।

साथै कार्यक्रममा ढाका टोपी दिवसको अवसरमा नेपाली ढाका टोपी लगाइएको थियो । कलाकारदेखि दर्शकहरूले उक्त टोपी लगाए । यसले नेपाली ढाका टोपीको प्रचारप्रसार भएको आयोजक समीर बलामीले जनाए । फेस्टिभल अङ्ग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा गरिएको थियो । नेपालगन्जमा शारदा इभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा उक्त कार्यक्रम भएको हो । बलामी फिल्म इन्टरटेन्टमेन्टले यससँगै देशभर ६ वटा कार्यक्रम गर्ने आयोजक प्रमुख बलामीले बताए । कार्यक्रममा १५ वर्षदेखि ६० वर्षसम्मका दर्शकलाई लक्षित गरिएको थियो । कार्यक्रम सोमबार साँझ ४ बजेदेखि मध्यरात १२ बजेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू