अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

तनहुँको सडकमा पूर्वराजा ज्ञानेन्द्र, भेट्नका लागि लाग्यो सर्वसाधारणको भीड

बिआरटीनेपाल २०७५ पुष १८ गते ८:३३ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले तनहुँको सडकमै सर्वसाधारणसँग भेट गर्नुभएको छ । तनहुको दमौलीमा केही समय बिताउनु भएका पूर्वराजा शाहलाई भेटन ठुलो भीड लागेको थियो । नेता जिल्लामा आउदा हेर्न भेट्न खासै चासो लिन छाडेका यहाँका हजारौं नागरिकले सडकमै राजासित भेटघाट गरेका छन् ।

दलका जिल्ला तहका नेता पनि यी राजालाई हेर्न तछाडमछाड नै गरेको देखिएको बताईएको छ । केही समयदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा बसिरहनु भएका शाह आज तनहुँ जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू