अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनैपनि प्रयत्न स्वीकार्य हुँदैन – राष्ट्रपति सी

बिआरटीनेपाल २०७५ पुष १८ गते ८:२८ मा प्रकाशित

चीनका राष्ट्रपति सी चिनफिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनैपनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिनुभयो ।

चीनसँग ताइवान पुनः एकीकरण भएपनि चीनले लोकतान्त्रिक ताइवान होस् भन्ने चाहेको राष्ट्रपति सीको भनाई छ । सन् १९४९ मा चीनको मुख्य भू–भागमा गृहयुद्ध समाप्त भएदेखि नै चीन र ताइवानमा अलग–अलग शासन व्यवस्था छ । राष्ट्रपति सीले सन् १९७९ मा ताइवानलाई एकीकरण र सैनिक विवाद अन्त्य गर्नेगरी सन्देश पठाएको ४०औं वर्षगाँठका अवसरमा उक्त विचार व्यक्त गर्नुभएको हो ।

बेइजिङमा आयोजित समारोहमा राष्ट्रपति सीले एकीकरण गर्दा ‘एक देश, दुई प्रणाली’ अन्तर्गत विधिमा हुने बताउँदै यसले ताइवानी जनताको सरोकार र भलाइको सुरक्षा हुने स्पस्ट पार्नुभयो । तर, ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम राष्ट्र मान्दै आएको छ । ताइवानको आफ्नै मुद्रा छ । राजनीतिक र न्यायिक प्रणाली पनि आफ्नै छ । ताइवानले आजसम्म चीनबाट अलग भएर औपचारिकरुपमा स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू