अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 01:33

डा. केसीको सरकारलाई फेरि सात दिने अल्टिमेटम

बिआरटीनेपाल २०७५ पुष १८ गते ८:२५ मा प्रकाशित

प्रा. डा. गोविन्द केसीले माग पूरा गर्न सरकारलाई फेरि सात दिनको अल्टिमेटम दिनुभएको छ । बुधबार इलाममा पत्रकार सम्मेलन गर्दै डा. केसीले यस्तो अल्टिमेटम दिनुभएको हो । केसीले सरकारलाई पुस २५ गतेसम्म माग पूरा नभए जुनसुकै अवस्थामा अनसन बस्ने चेतावनी दिनुभएको हो ।

‘संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिका तर्फबाट हामीसित भएको सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता गर्दै त्यसका लागि केही दिनको समय माग भएकाले यही पुस २५ गतेसम्मका लागि सत्याग्रहको कार्यक्रम स्थगन गरेको घोषणा गर्दर्छौं’, केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै यसबीच चलखेल भएको अवस्थामा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू