अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

रामकृष्ण ढकालको स्वर र अभिनयमा आयो ‘मै हु ढाका टोपी यो’ भिडियो

बिआरटीनेपाल २०७५ पुष १७ गते २१:०० मा प्रकाशित

आज १ जनवरी अर्थात् अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस । आज नेपाल सहित संसार भर रहेका नेपालीहरूले भव्यताका साथ मनाउँदै छ । नेपाली साङ्गीतिक छेत्रमा टोपी सम्बन्धी धेरै गीतहरू स्थापित र नेपाली जनजिब्रोमा झुन्डिएको छ । टोपी दिवसलाई मध्यनजर गर्दै गीतकार ज्ञानु राजवंशीले ‘मै हु ढाका टोपी यो ‘गीत सार्वजनिक गरेका छन् । नेपाली सुगम सङ्गीतका वरिष्ठ गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय सङ्गीत रहेको गीतमा अमूल कार्कीढलीको एरेन्जमेन्ट रहेको छ ।

गीतकार राजवंशीको ‘मेरो प्यारो नेपाल’ गीति एलबममा समावेश गीत ‘मै हु ढाका टोपी यो’ को म्युजिक भिडियोमा गायक रामकृष्ण ढकालले नै अभिनय गरेका छन् । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन र युवराज बाइवाको निर्देशनमा बनेको भिडियोलाई ए वान इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

बिर्तामोड नगरपालिका २ चार पाने, झापा निवासी गीतकार ज्ञानु राजवंशीको ‘मेरो प्यारो नेपाल’ गीति एलबम भन्दा अगाडी राजवंशी भाषामा बिस २०७१ र २०७४ मा क्रमशः: ‘प्रेमेर बाउधिया’ र “साली तोर मुई रसिया” गरी दुई वटा गीति एलबम आइसकेका छन् भने उनले स्थानीय राजवंशी चलचित्र ‘बागनेर फुल’ मा अभिनय समेत गरिसकेका छन् । ‘मेरो प्यारो नेपाल’ एलबममा समावेश अन्य गीतहरूको पनि म्युजिक भिडियो छिट्टै नै निर्माण गरिने गीतकार राजवंशी जानकारी दिनु भयो ।

Song: MAI HU DHAKA TOPI….
Vocal : Ramkrishna Dhakal
Lyrics :Gyanu Rajbanshi
Music : Sunil Maskey
Arranger: Amul Karkidhali
Flute: Gopal Ghatani
Sarangi: Dharma Ghandarba
Rhythm: Kumar Maharaj
Mix/Master: Kishor Thapa (A One Musician)
Recordist: Sajan Shah/Rajesh Shrestha
Album : Mero Pyaro Nepal
Camera: Utsav Dahal
Director : Yubraj Waiba
Editor : Bikash Dahal
Artist : Ram Krishna Dhakal

प्रतिक्रिया