अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

दिवस गौतम र गायिका लीला सुवेदीको आवाजमा ‘ बुढी हराई ’

बिआरटीनेपाल २०७५ पुष १७ गते २०:४४ मा प्रकाशित

काठमाडौँ । लोकदोहोरी गीत गायक दिवस गौतम र गायिका लीला सुवेदीको आवाजमा ‘ बुढी हराई ’ गीतको भिडियो सार्वजनिक भएको छ । जेशिका इन्टरटेन्मेन्टको प्रालीले बार्षिउत्सवको अवसरमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । निकै मार्मिक सन्देशमूलक लोकदोहोरी गीत गायक दिवस गौतम र गायिका लीला सुवेदीको आवाजमा ‘ बुढी हराई ’ सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।

दिवस गौत्तमको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा हजारौँ परदेश गएका युवाको कथालाई समेटिएको छ । पराईको देशमा पसिना बगाइरहेको अवस्थामा आफ्नी प्राण प्यारीले अरूलाई नै लिएर बेपत्ता पार्ने गरेको यर्थात कुरालाई देखाउन खोजिएको छ । परदेशमा रहेका परदेशीको सत्य भोगाइलाई गीतमा समेटिएको छ ।

भिडियोलाई अहिलेका चर्चित क्यामेरामान जनक अधिकारीको छायाङ्कन छ भने , मीन प्रकाश ओलीको निर्देशन छ । भिडियोलाई गौतम ,सङ्गीता र मधु भटटको जिवत्त अभिनय रहेको छ । केबी भण्डारीको एरेन्ज रहेको गीतलाई सुवास कुथुमी राईको रेकर्डिङ छ ।

भिडियो:

प्रतिक्रिया