अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

एनआरएनको थर्ड पार्टी भेरिफिकेसनको प्रक्रिया अपनाउनेको लागि आचारसंहिता

बिआरटीनेपाल २०७५ पुष १७ गते १९:१४ मा प्रकाशित

डालस, गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन) अमेरिकाले संस्थाको आगामी निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचनमा सहभागी हुने पंजीकृत सदस्यहरूको प्रमाणीकरणका लागी ‘थर्ड पार्टी भेरिफिकेसन’को प्रक्रिया अपनाउने भएको छ।

सोमबार बसेको एनआरएन अमेरिकाको आपत्तकालिन बैठकले आन्तरिक र बाह्यरुपमा आएका गुनासा र शङ्काहरूको निवारणका लागी निर्वाचन पूर्व ‘थर्ड पार्टी’ मार्फत पंजीकृत सदस्यहरूको प्रमाणीकरण गर्ने निर्णय गरेको हो।

२०१९ को मध्यमा हुने संस्थाको निर्वाचन र सदस्य बन्ने वर्तमान प्रक्रियामा केही प्राविधिक त्रुटि देखिएको जनाउँदै वर्तमान कार्यसमिति कै केही पदाधिकारीहरूले प्रश्न सृजना गरे पछि बैठकले आगामी निर्बचनलाई पूर्णरुपमा निष्पक्ष र धादलीरहित बनाउने प्रणका साथ उक्त कदम चालिएको एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले जनाएका छन्। ” आगामी निर्वाचनलाई हामीले पूर्ण रूपमा त्रुटि रहित बनाउने छौ, यो प्रक्रियामा सहयोग पुर्‍याउन इच्छुक अमेरिकावासी समस्त दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्दछु ” बैठक पश्च्यात पौडेलले भने।

सम्भावित ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’लाई ध्यान राख्दै नेपाली समुदाय भन्दा बाहिर गएर थर्ड पार्टी भेरिफिकेसनको जिम्मा अन्य अमेरिकन कम्पनीलाई दिइने समेत बैठकमा निर्णय गरिएको छ।

प्रत्येक निर्वाचनका क्रममा देखिने विवादलाई नियन्त्रण गर्न र एनआरएन अमेरिकाको छविलाई सुधार्न संस्थाले एक कदम अगाडी बढ्दै कार्य समितिका पदाधिकारीहरूलाई लागु हुने गरी एक आचारसंहिता समेत लागु गरेको छ।

जस अन्तर्गत कार्यसमितिमा रहेका कुनै पनि पदाधिकारीहरूले निर्वाचनको लागि औपचारिक उम्मेदवारी दिने अन्तिम मिति भन्दा एक महिना भन्दा पहिले आफू आगामी निर्वाचनका लागी कुनै पनि पदको घोषणा गर्न पाउने छैनन्।

स्मरणीय रहोस्, एनआरएन अमेरिकाको वर्तमान विधान अनुसार आगामी निर्वाचनको लागि औपचारिक उम्मेदवारी दिने अन्तिम मिति अप्रिल १५ रहेको छ। यस अनुरूप मार्च १५, २०१९ भन्दा पूर्व वर्तमान कार्य समितिका पदाधिकारीहरुली चुनावको घोषणा गर्न पाउने छैनन्।

यसै गरी आगामी निर्वाचनमा  भाग लिन इच्छुक रहेका कुनै पनि पदाधिकारीहरूले दैनिक भइपरी आउने कार्य बाहेक संस्थाको वेब पेज, इमेल र अन्य कुनै पनि सञ्चारका माध्यमहरू आफ्नो नियन्त्रणमा राख्न नपाउने निर्णय समेत एनआरएन अमेरिकाले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू