अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

यमनमा भोकमरी – २ करोड जनता प्रभावित

बिआरटीनेपाल २०७५ पुष १७ गते ८:५४ मा प्रकाशित

यमनमा दुई करोड जनताले खाद्य सामग्री अभावका कारण भोकमरी र कुपोषणको शिकार बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ । हुथी बिद्रोहीको कब्जामा रहेको क्षेत्रसम्म खाद्य सामग्री पु¥याउन नसकेका कारण २ करोड जनता मारमा परेका छन् ।
केही स्थानामा खाद्य सामग्री उपलब्ध गराइएतापनि सम्बन्धित ब्यक्तिहरुले पाउने गरेका छैनन् भन्दै संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रमका अधिकारीहरुले विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त राष्ट्रसंघले हुथी बिद्रोहीलाई पटक पटक खाद्य सामग्री उपलब्ध गराउने बाटो खुला गर्न आग्रह गर्दा पनि उनीहरुले कुनै प्रतिक्रिया दिएको छैन । हुथी बिद्रोहीले यमनको पश्चिमी क्षेत्र नियन्त्रणमा लिएको छ भने साउदी अरब समर्थित राष्ट्रपति अब्दुरब्बु मंसुर हादीलाई देश निकाला समेत गरेको थियो ।

यमनमा सन् २०१५ देखि शुरु गृहयुद्धमा पछिल्लो समय साउदी गठबन्धनको सेनाले हस्तक्षेप गरेपछी हुथी बिद्रोहीले आतंकबादी गतिबिधीलाई झनै तीब्रता दिएको छ । यमनमा जारी संघर्षमा हालसम्म ६ हजार ८ सयको ज्यान गइसकेको छ जसमा अधिकांश कुपोषण र भोकमरीको शिकार बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू