अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

पोखरा सडक महोत्सव सम्पन्न

बिआरटीनेपाल २०७५ पुष १७ गते ८:५२ मा प्रकाशित

नयाँ बर्ष २०१९ लाई भव्य स्वागत गर्दै पोखरा सडक महोत्सव सम्पन्न भएको छ । महोत्सव अनौपचारिक रुपमा नै सम्पन्न भएको हो । २० औं संस्करणको सडक महोत्सवमा गए राती १२.०० बजे लगत्तै भव्य स्वागत गरिएको थियो ।

रेवान पोखराको आयोजनामा लेकसाइडमा सम्पन्न महोत्सवमा नयाँ बर्ष स्वागत कार्यक्रममा हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुगेका थिए । पाँचदिने महोत्सवको अन्तिम दिन मंगलबार दिनैभर विभिन्न सांगीतिक कार्यक्रम भएको आयोजक रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिनुभयो ।

महोत्सवमा दोहोरी गीत प्रतियोतिगा, रत्यौलि प्रतियोगिताका साथै विभिन्न मनोरञ्जनात्मक खेलकूद प्रतियोगिता समेत आयोजना गरिएको थियो । महोत्सवले पोखराको पर्यटन प्रबद्र्धनका लागि भूमिका निर्वाह गरेको आयोजकको ठम्याई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू