अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

बालबालिकाको चेहरामा खुसी देखें म पनि खुसी हुन्छु – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ पुष १७ गते ८:४९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुसी देख्दा आफू पनि खुसी हुने बताउनुभएको छ । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । नयाँ पिँढिको चेहरामा मुस्कान हुनुपर्ने, मानिसहरु भोकबाट मुक्त बन्नुपर्ने र कठ्यांग्रिएर मर्ने अवस्था अन्त्य हुनुपर्ने प्रधानमन्त्रीको भनाई थियो । समाज समतामुलक भउको अबस्थामा सबै नेपालीसँगै आफु पनि खुसी हुने प्रधानमन्त्रीले बताउनुभयो ।

कार्यक्रममाबालबालिकाहरुले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी बित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुंगामा २००८ सालमा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नु परेको सुनाउनुभयो ।

प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीलेसामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?’ भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अंग्रेजी अन्तर्रा्ष्ट्रिय भाषा भएकोले त्यसको जानकारी लिनैपर्ने तर त्यसो गर्दा नेपाली भाषा नजाने पनि हुने अथवा नेपाली भाषा नजानेकोमा गर्व गर्न नहुने उल्लेख गर्नुभयो ।

बालबालिकाले प्रधानमन्त्री ओलीलाई निर्मला पन्तको बलात्कार र हत्याको बिषयमा पनि जिज्ञासा राखेका छन् । प्रधानमन्त्री ओलीले यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भिर रहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू