अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

टोपी दिवस मनाइयो

बिआरटीनेपाल २०७५ पुष १७ गते ८:४४ मा प्रकाशित

इस्वी सम्वतको नयाँ वर्षको पहिलो दिन आज नेपालमा टोपी दिवस मनाइएको छ । काठमाण्डौको माइतीघरमा भेला भएर युवायुवती तथा प्रौढले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । कार्यक्रममा सहभागी महिलाहरुले पनि ढाकाटोपी लगाएका थिए । विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै २०७० सालदेखि केही युवाले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन सुरु गरेका हुन् ।

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपालल गायतका संस्थाले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् । सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू