अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

सर्वोच्वको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन

बिआरटीनेपाल २०७५ पुष १७ गते ८:४२ मा प्रकाशित

सर्वोच्च अदालतको प्रधानन्यायधीशका लागि चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाई समितिले जवराको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस अनुमोदन गरिएको होे । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको जानकारी दिनुभयो ।

यसअघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ भएको थियो । बैठकमा जबराले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । सांसदले उठाएका विगतमा गरेका फैसलामा आधारित प्रश्नमा जबराले कानुन बमोजिम गरेको र कानुन बाहिर गएर कुनै पनि काम नगरेको जवाफ दिनुभयो ।

उहाँले आफू प्रधानन्यायधीश भएपछि सरकारले कानुन अनुसार गर्ने विकासका काममा न्यायालयबाट बाधा हुने फैसला हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू