अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

नियमित अमला खानुस् फाइदै फाइदा

बिआरटीनेपाल २०७५ पुष १६ गते ८:४९ मा प्रकाशित

अमला स्वास्थ्यको लागि निकै फाइदाजनक छ। अमलामा प्रचुर मात्रामा भिटामिन सी तथा अन्य भिटामिनहरू पाइन्छ। जसले हाम्रो शरीरमा विभिन्न संक्रमणसँग लड्ने टि-अक्सिडेंट्स गुण भएको पाइन्छ। नियमित अमला सेवनले छाला र कपालमात्रै होइन हाम्रो भित्री अगंहरूलाई समेत फाइदा पुर्‍याउँछ। अझ जाडो महिनामा चिसोबाट हुने विभिन्न खालका संक्रमणबाट बच्नसमेत अमलाले फाइदा पुर्‍याउँछ। त्यसैले जाडो मौसममा नियमिमित रूपमा अमला खानु राम्रो मानिन्छ। यस्ता छन् जाडो मौसममा अमला खानुका फाइदा :

१. रोगसँग लड्ने क्षमताको वृद्धि

अमलामा भरपुर मात्रामा भिटामिन सी पाइन्छ। जसले हाम्रो शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।

२. मुटुको लागि फाइदा

अमलाले रगत सफा गर्नुका साथै रगतमा कोलेस्ट्रोरोलको समस्या हुन दिँदैन। जसले गर्दा गर्मी होस् वा जाडो नियमित रूपमा अमलाको सेवन गर्नाले मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ।

३. छालालाई सुन्दर बनाउँछ

छालालाई सुन्दर बनाउन हाम्रो शरीरमा भिटामिन सी को महत्वपूर्ण भूमिका हुन्छ।  नियमित रूपमा अमला खाने तथा अमलालाई पेस्ट बनाएर अनुहार तथा छालामा लगाउने गर्नाले छाला सुन्दर देखिन्छ। यस्तै अमलालाई दहीमा मिलाएर लगाउने गर्नाले पनि अनुहार तथा छालामा निखार आउँछ।

४. संक्रमणको जोखिम कम

अमलामा टि-अक्सीडेन्ट्स गुण प्रसस्त मात्रामा हुने भएले चिसो मौसममा नियमित रूपमा अमला खाने गर्नाले शरीरमा चिसोको कारणले हुने विभिन्न खालका संक्रमणहरूबाट जोगाउँछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू