अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तस्वीरसहितको क्यालेन्डरले जापानमा तहल्का मच्चायो

बिआरटीनेपाल २०७५ पुष १६ गते ८:३८ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका शक्तिशाली नेतामध्ये एक मानिनुहुन्छ् । राष्ट्रपतिका रुपमा चौथो कार्यकाल सम्हालिरहेका पुटिनलाई धेरैले ‘स्टाइलिस’ नेता पनि मान्दछन् । नियमित व्यायाम गर्नु, छुट्टीका समय घोडचडी, शिकार खेल्नु उहाँको सोख हो । ६६ वर्षीय पुटिन ‘फिटनेस’ मा निकै ध्यान दिनुहुन्छ ।

उहाँको यही व्यक्तित्वलाई केन्द्रमा राखेर हालै एउटा क्यालेन्डर प्रकाशित भएको थियो । सन् २०१९ का लागि प्रकाशित उक्त क्यालेन्डरमा पुटिनलाई विभिन्न रुपमा देख्न सकिन्छ । उक्त क्यालेन्डरले जापानमा निकै लोकप्रियता हासिल गरेको छ । जापानमा प्रकाशित विभिन्न क्यालेन्डरको तुलनामा पुटिनको तस्वीरसहितको सो क्यालेन्डरले बजार तताएको छ ।

त्यसो त जापानका नागरिक स्वदेशीपन मै रम्न चाहन्छन् । तर पुटिनको सवालमा उनीहरुले आफ्ना मुलुकका चर्चित खेलाडी तथा कलाकारको तस्वीर भएका क्यालेन्डरलाई समेत बेवास्ता गर्दै पुटिनको व्यक्तित्व झल्कने क्यालेन्डर धमाधम खरिद गरेका हुन् । जापानमा सर्वाधिक विक्री भएको क्यालेन्डरमध्ये पुटिनको तस्वीरसहितको क्यालेन्डर अग्रपंक्तिमा रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू