अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग विजयी

बिआरटीनेपाल २०७५ पुष १६ गते ८:२८ मा प्रकाशित

बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग प्रचण्ड बहुमतका साथ विजयी भएको छ । हिजो भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहो¥याएको छ । अवामी लिगले ३ सय ८० संसदीय क्षेत्रमध्ये २८१ मा आफ्नो जित दर्ता गर्न सफल भयो ।

यो संगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल हुनु भएको छ । तर मुख्य विपक्षी दल बांग्लादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ । बीएनपीका प्रवक्ताले २२१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन् ।

मतदान सुरु हुनु भन्दा पहिले नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिष्कार गरेका थिए । मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू