अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

समृद्धिको बाटो हुँदै समाजवादी क्रान्ति – प्रचण्ड

बिआरटीनेपाल २०७५ पुष १६ गते ८:२० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताउनुभएको छ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट बिद्रोह गरी आएका नेता तथा कार्यकर्ताहरुलाई सोमबार दिउँसो आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले भन्नुभयो– “हामी नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन ।

उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्र शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो” । अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताउनुभयो ।

“प्राप्त उपलब्धी सानो र सजिलो गरी नभइ हजारौको बलिदानबाट भएको हो, समाजवादको यात्रा महान गम्भीर र लामो यात्रा हो । यसका लागि व्यापक एकताको खाँचो पर्छ । हिजो जुन सपना देखेर हामी हिँडेका थियौं ती सबै शक्ति एकपल्ट एकजुट हुन जरुरी छ”, प्रचण्डको भनाई थियो । कार्यक्रममा विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईलगायत २२ जना नेता तथा कार्यकर्तालाई प्रचण्डले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू