अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

अन्य देशले गरेको कार्बन उत्सर्जनको कारण नेपाल पीडित बनेको राष्ट्रपति भण्डारीको भनाई

बिआरटीनेपाल २०७५ पुष १६ गते ८:१९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशले गरेको कार्बनड उत्सर्जनको कारणले नेपाल पीडित बनेको बताउनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीस्थित गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन–२०७५ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अन्य देशको कारणले जैविक विविधता सम्पन्न भएको मुलुक अनाहकमा फस्नुपरेको बताउनुभयो । प्राकृतिक सम्पदालाई जोगाउने किसिमका जैविक अनुकुलता कार्यक्रम हुन आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले जलवायु परिवर्तनबाट सिर्जित समस्याको बारेमा नेपालले अन्तर्रा्ष्ट्रिय मञ्चहरुमा प्रष्ट बोलिसकेको भन्दै प्राकृतिक सम्पदा उपयोग गर्दा प्रकृति र संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभयो । सम्मेलनको उद्घाटन सत्रमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं–३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योगमन्त्री अरुण नेपाल, पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ शुरु भएको सम्मेलन भोलि मङ्गलबारसम्म चल्नेछ । सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाका दरले सहभागी रहेका छन् । सम्मेलनमा जलवायू परिवर्तनले हिमाल, कृषिवाली, र जनजीवनमा पारेको असर लगायत विषसँग सम्बन्धित करीब ३५ वटा प्रस्तुति समेत रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू