अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

अमेरिकामा नेपाली मूलका भारत्तोलक बाबुछोरालाई स्वर्ण तथा कास्य पदक

विजय थापा २०७५ पुष १५ गते १३:४४ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रूप कार्कीलाई स्वर्ण पदक प्राप्त भएको छ भने उनका छोरालाई पनि भारोत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ ।

स्वर्ण पदक विजेता रूप कार्कीले एक स्वर्ण पदक र अर्को कास्य पदक प्राप्त गरेका छन् भने रूप कार्कीका छोरा रुपेश कार्कीलाई कास्य पदक मात्र हासिल गरेका छन् ।

अमेरिकाको भर्जिनिया राज्यको मनासस सहरमा गत डिसेम्बर १५ मा सम्पन्न प्रतियोगितामा बुवा छोरा सँगैले पदक घर ल्याएका छन् । पावर लिफ्टिंग युएसएपीएल नामक प्रतियोगितामा रूप कार्कीलेले आफ्नो वजन समूहमा प्रथम स्थान तथा खुला वर्ग प्रतियोगितामा कास्य पदकमा चित्त बुझाएका छन् ।

छोरा रुपेश कार्कीले कास्य पदक जित्न सफल भएकोमा निकै हर्षित भएका छन् । नले आफ्नो उमेर समूहमा पदक जितेका हुन् । भैरहवा स्थायी घर भएका रूप कार्की अमेरिका आएदेखि नै भारोत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् ।

अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरूमा सहभागी हुने गरेका छन् । कार्की अन्तर्राष्ट्रिय ख्याति प्राप्त भारत्तोलक हुन् । छोरा रुपेश बाबुलाई पछ्याई रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू