अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

कोलम्बियाका राष्ट्रपतिको हत्या गर्ने प्रयास भएको दावी

बिआरटीनेपाल २०७५ पुष १५ गते ८:५९ मा प्रकाशित

कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ । कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गर्नुभएको हो । उहाँले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुयलाका नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिनुभयो ।

‘विगत केही महिनादेखि उहाँको हत्या गर्ने प्रयास भइरहेको गुप्तचरले पुष्टी गरेका छन,’ विदेश मन्त्री कार्लोस होल्मसले भन्नुभयो । पक्राउ परेकाबाट घटनाका बारेमा अनुसन्धानकार्य जारी रहेकाले थप विवरणहरु पछि सार्वजनिक गरिने उहाँको भनाइ छ ।

राष्ट्रपति इभानलाई भित्री तथा बाहिरी पत्रबाट सुरक्षा चुनौती रहेको पनि उहाँले बताउनुभयो । बोगोटा र काराकासबीचको तनाब बढ्दै गइरहेका बेला कोलम्बियाको तर्फबाट यस्तो अभिव्यक्ति आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू