अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

बंगलादेशमा आमनिर्वाचन- झडपमा १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ पुष १५ गते ८:५२ मा प्रकाशित

बंगलादेशमा आज आमनिर्वाचन सम्पन्न भएको छ । बंगलादेशको ११ औं आम निर्वाचनबाट १ हजार ८ सय ४८ उम्मेदवार मध्येबाट २ सय १९ जना सांसद चयन हुने छन् । करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको अधिकारीहरुले जनाएका छन् । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको थियो भने अप्रिय घटना हुन नदिन ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको बताईएको छ ।

निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने विश्लषण गरिएको छ । विपक्षी दलका नेता बेगम खालिदा जिया भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले शेख हसिना वाजेदको पकड बलियो बनेको हो । यी दुई महिला नेत्रीले जनआन्दोलनको बलमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहमद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए ।

यसैवीच, बंगलादेशमा आज भएको मतदानको अवसरमा भएको झडपमा परि १२ जनाको मृत्यु भएको छ । निर्वाचन क्रममा बिभिन्न जिल्लामा भएको झडपमा अरु केही घाईते भएका छन् । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू