अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

राष्ट्रिय एकता भड्काउन भइरहेको प्रयासप्रति सजग रहन प्रधानमन्त्री ओलीको अपिल

बिआरटीनेपाल २०७५ पुष १५ गते ८:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता भड्काउने प्रयास भईरहेको भन्दै सजग रहन अपिल गर्नुभएको छ । उहाले राष्ट्रिय एकता सबैको आवश्यकता भएकाले त्यसलाई असफल पार्न प्रयास भईरहेको बताउनु भएको हो । तमु हुल छोंज धि गुरुङ परिषद्ले राजधानीको टुडिखेलमा आयोजना गरेको तमु ल्होछार कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सद्भाव बिथोल्ने प्रयास गर्नेहरुलाई परास्त गरेर अघि बढ्न सबै समुदायलाई आव्हान समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हिजोका दिनमा विभेद भएपनि अहिले त्यो विस्तारै अन्त्य भइरहेको पनि बताउनु भयो । नयाँ संविधानसँगै विभेद अन्त्य भएको र व्यवहारिक रुपमा पनि विभेद अन्त्य हुँदै गइरहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले विभेद र असमानताको अन्त्य गर्ने बताउनु भयो ।

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था राज्यले छानेको व्यवस्था भएकोले यसलाई सबै मिलेर अगाडि बढाउनुपर्ने आबश्यकतामा जोड दिंदै प्रधानमन्त्री ओलीले विविधता नै मुलुकको सम्पन्नता भएको बताउनुभयो । राष्ट्रिय एकता देशको अहिलेको आवश्यकता रहेको प्रधानमन्त्रकिो भनाई थियो ।

प्रधानमन्त्री ओलीले अहिले मुलुक समृद्धितर्फ अगाडि बढिरहेको र कसैलाई होच्याएर मुलुक अगाडि बढ्न नसक्ने पनि बताउनुभएको छ । सरकार अहिले पनि सुशासन र विकासको तिब्र अभियानमा अगाडि बढेको जानकारी गराउदै प्रधानमन्त्री ओलीले जनताको हितको पक्षमा जे गर्नुपर्छ सरकारले विधिवत् रुपमा त्यो गर्ने समेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू