अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

गजल

आशा गुरुङ २०७५ पुष १४ गते १४:५० मा प्रकाशित

यति छिटै जिन्दगीको पाटोहरू फेरिएछन्
थाहै नपाइ गन्तव्यको बाटोहरू फेरिएछन्

हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको
स्नेहालु त्यो आँगनीको माटोहरू फेरिएछन्

किट पत्थर फुटाएर बनाएको बगैँचालाई
चट्ट पारी सिँगारेको साटोहरू फेरिएछन्

थोप्ला थोप्ली बटुलेर दिनानुदिन बहाएको
रगत तथा पसिनाको टाटोहरू फेरिएछन्

छातीभरि लागेको ती अनगिन्ती चोटहरू
घाउ फेरि बल्झिएर खाटोहरू फेरिएछन्

थाहै नपाइ गन्तव्यको बाटोहरू फेरिएछन्
यति छिटै जिन्दगीको पाटोहरू फेरिएछन्

प्रतिक्रिया