अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

स्व. राजा वीरेन्द्रको सम्झना

बिआरटीनेपाल २०७५ पुष १४ गते ८:५९ मा प्रकाशित

तत्कालीन राजा स्व. वीरेन्द्र शाहको ७४औं जन्मजयन्तीको अवसरमा शनिबार उहाँलाई स्मरण गरिएको छ । स्व. राजाले आफ्नो कार्यकालमा नेपाल र नेपालीलाई र्पुयाएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदले उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदका अध्यक्ष शंखर पौडेलले स्व. राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको विचार व्यक्त गर्नुभयो । वीरेन्द्रको शालिक माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण कार्यक्रममा पूर्वराजाका प्रमुख मुख्यसचिव पशुपतिभक्त महर्जन, संवादसचिव डा. फणीराज पाठकलगायत धार्मिक संघ–संस्थाका प्रतिनिधि र समाजसेवीको उपस्थिति थियो । वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरबारमै सपरिवार हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू