अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

१५ औं संस्करणको लेखनाथ महोत्सव समापन उन्मुख

बिआरटीनेपाल २०७५ पुष १४ गते ८:४६ मा प्रकाशित

 १५ औं संस्करणको लेखनाथ महोत्सव समापनको संघारमा आउँदा अपेक्षा गरे अनुसार सफलता उन्मुख रहेको आयोजकले जनाएको छ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा गत ५ गतेदेखि शुरु भएको महोत्सव सोमबार समापन हुँदैछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।

औद्योगिक एवं व्यवसायिक प्रबद्र्धन, औद्योगिक उत्पादन तथा हस्तकलाका उत्पादनको बजार प्रबद्र्धन, स्थानीय उत्पादन, लघु तथा घरेलु तथा साना उद्योगहरुको प्रबर्द्धन आवश्यक ज्ञान, उद्यमशीलता र प्रविघि हस्तान्तरण, दैनिक उपभोग्य बस्तु तथा सेवाको प्रबद्र्धनमा महोत्सवले सहयोग पुग्ने आयोजकको दावी छ ।

महोत्सवमा शैक्षिक प्रदर्शनी, खुल्ला कविता प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, उत्कृष्ट साँस्कृतिक प्रदर्शनी, विभिन्न जाति समुदायका भेष भेषा झल्कने झाँकी तथा र्याली, गण्डकी तारा एकल गायन प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रम रहेका छन् ।

महोत्सवको १० औं दिनमा २ करोडको आर्थिक कारोबार र ५० हजार दर्शकले अवलोकन गरेका छन् । हालसम्म कूल १५ करोडको आर्थिक कारोबार भएको र २ लाख ५० हजारले महोत्सवको अवलोकन गरेको प्रचार प्रसार संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिनुभयो । महोत्सवको १० औं दिन पुरा हुँदा अपेक्षा गरे अनुसार सबैको साथ र सहयोगका साथमा महोत्सव सफलतान्मोख रहेको बास्तोलाको भनाई छ ।

उहाँका अनुसार जनजातिहरुको लोपोन्मुख साँस्कृतिक कार्यक्रम दैनिक रुपमा सञ्चालन गरिएको छ । जसमा ब्राम्हण, क्षेत्री, कुमाल, तमु, तामाङ, नेवार, मगर लगायतका विभिन्न जातजातिका नाँच, भेषभुषा, कला संस्कृति झल्कने प्रस्तुति रहेको थियो ।    शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरुले अध्ययन अवलोकन गर्ने अवसर पाएको, सूचना प्रविधिको कक्षबाट पछिल्ला सूचना प्रविधिको जानकारी दिइनुका साथै मोबाइल, ल्यापटप विक्री तथा साटफेर, हाडवेयर र सफ्टवेयरबारे जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू