अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

शनिबार पोखरामा बर्षभरीकै सबैभन्दा चिसो

बिआरटीनेपाल २०७५ पुष १४ गते ८:३१ मा प्रकाशित

पोखरामा शनिबार यस बर्षकै सबैभन्दा धेरै चिसो महसुस भएको छ । क्षेत्रिय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार शनिबारको न्युनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । शुक्रबारको न्युनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

देशभर चिसो बढेसँगै पोखरामा पनि चिसो बढ्न थालेको छ । शनिबारको न्युनतम तापक्रम पोखराको यो वर्ष कै हालसम्म सबै भन्दा कम तापक्रम हो । पोखरामा सन् २०१२ मा अहिले सम्मकै कम शुन्य दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो भने सन् १९७० मा १ दशमलव ८ डिग्री र १९८९ मा २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।

यस्तै कास्कीको छिमेकी जिल्ला मनाङमा शनिबार बिहानको तापक्रम माईनस २० डिग्री सेल्सियसमा झरेको मौसम बिभागले जनाएको छ । चिसोबाट वच्न चिकित्सकहरुले न्यानो लुगा लगाउन , तातो भएर बस्न,र तातो झोल पदार्थ पिउने सुझाव दिएका छन् । चिसोको कारण बालबालिका , बृद्धबृद्धा बढी प्रभावित हुन सक्ने छन् । दिनमा घाम लागेर कम चिसो भए पनि विहान, बेलुका र राती भने चिसोले जनजिवन प्रभावित बन्न थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू