अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

‘डोनाल्ड ट्रम्पले ६४९ दिनमा ६४२० पटक झुट बोले’

बिआरटीनेपाल २०७५ पुष १३ गते ८:५६ मा प्रकाशित

विचार र अभिव्यक्ति राख्न पाउने अधिकारलाई संयुक्त राष्ट्रसंघका विशेष संवाददाता डेबिड कायले मजैले उपयोग गरेका छन् । डिजिटल राइट्स मनिटर वेबसाइटसँगको साक्षात्कारमा संवाददाता डेबिडले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गलत र झुट सूचना सम्प्रेषणका सबैभन्दा जिम्मेवार दोषी रहेको आरोप लगाएका छन ।

उनले भनेका छन, ‘गुगल, फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा सरकारका तर्फबाट सम्प्रेषण हुने झुट सूचना तथा समाचारलाई पत्रकारले सञ्चार माध्यममा समेटेर पर्दाफास गर्नुपर्छ ।’

ट्रम्पले कयौँपटक अमेरिकी मिडियालाई दुष्मनको संज्ञा मात्रै दिएका छैनन्, उनले झुट समाचार फैलाएको भन्दै विभिन्न प्रतिष्ठानको आलोचनासमेत गर्दै आएका छन । डेबिडको तर्क छ, ‘अमेरिकी मिडिया वासिङ्टन पोष्टका अनुसार, राष्ट्रपति ट्रम्पले ६ सय ४९ दिनमा ६ हजार ४ सय २० पटक झुट या गलत बयान दिएका छन् ।’ राष्ट्रपति निर्वा्चित भएपछिको पहिलो नौ महिनामै उनले १ हजार ३ सय १८ पटक झुटो बोलेका थिए । यसको मतलब उनले प्रत्येक दिन पाँचपटक या त झुट बोले या गलत बयान दिए ।

वासिङ्टन पोष्टले दाबाका साथ यो पनि उल्लेख गरको छ कि, ‘मध्यावधि चुनावका बेला आफ्ना समर्थकलाई हौसला दिन ट्रम्पले प्रत्येक दिन ३५ देखि ४० पटक झुट बोलेका छन् ।’ अक्टोबर महिनामा त उनले अति नै गरे, अक्टोबर १९ र २२ मा मात्रै उनले १ सय ५६ पटक झुट बोले । बारम्बार झुटको खेती गर्ने ट्रम्प उनका बारे सार्वजनिक हुने कुनै पनि रिपोर्ट वा सूचनाको झुट बोलेरै खारेज गरिदिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू