अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

प्रतिनिधिसभा बैठकद्धारा दुई विधेयक सर्वसम्मत स्विकृत

बिआरटीनेपाल २०७५ पुष १३ गते ८:५२ मा प्रकाशित

प्रतिनिधिसभाको शुक्रबारको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद बैठकमा प्रस्तुत गरेको ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई संसद बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त विधेयकको सैद्धान्तिक विषयमा सांसदद्वय प्रेम सुवाल र कृष्णभक्त पोखरेलले आफ्नो धारणा राख्नुभएको थियो । यस्तै बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि संसद बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । मन्त्री बस्नेतले प्रस्तुत गरेको उक्त विधेयकको सैद्धान्तिक पक्षमा सांसदहरू गगनकुमार थापा र प्रेम सुवालले आफ्नो धारणा राख्नुभउको थियो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरिएको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस १७ गते मंगलबार १२.०० बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू